दशैंका बेला ३२८ कर्मचारी काजमा



काठमाडौं । 

सिंहदरबारभित्रका सरकारी कार्यालयका कर्मचारी दशैंका बेला आफूलाई पायक पर्ने कार्यालय छानी काजमा गएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले बुधबार सिंहदरवार भित्रका ३१ वटा सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा ३२८ जना कर्मचारी काजमा खटिएको पाइएको छ ।

दशैं बिदा हुनुभन्दा एक हप्ता अगाडि बिदा समाप्त भएको मितिले एक हप्ता पछाडिसम्म काजमा खटिएका कर्मचारीको अनुगमन गर्दा त्यस्तो पाइएको सतर्कता केन्द्रका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुुसार यसरी खटिने अधिकांश कर्मचारी अधिकृतभन्दा तल्लो तहका रहेका छन् ।

कर्मचारीहरू दशैंको मुखमा काज मिलाई घर गएको गुनासो आएपछि केन्द्रले अनुगमनको क्रममा अत्यावश्यक सेवामा अनुगमनको नाममा धेरै कर्मचारी गएको भेटाएको हो । मन्त्रालय, आयोग, विभाग, प्राधिकरण र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी रहेको सतकर्ता केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्