पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन अध्यक्ष ओलीको निर्देशन



काठमाडौँ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिएका छन् ।

पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उश्रृङ्खल, अराजक गतिविधि भईरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

पार्टी निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पार्टी भित्र आफूलाई केही देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उश्रृङ्खलताको सहारा लिने प्रवृत्ति बढिराखेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढने बताए ।

अध्यक्ष ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भुतपूर्व सैनिक तथा प्रहरीहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए ।

अध्यक्ष ओलीले मुलुकमा समस्याहरु रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भईरहेको दाबी समेत गरे । उनले एमालेले मुलुकको समस्या समाधानका लागि सिंगो शक्तिलाई परिचालन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्