नेपालद्वारा युएई ७ विकेटले पराजित



काठमाडौँ।

त्रिदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ । बुधबार मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए।

नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए।

प्रतिक्रिया दिनुहोस्