कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत



विराटनगर।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ ।

राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९१ जना सहभागी थिए ।

कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्