यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य



काठमाडौँ।

त्रिदेशीय टी–२० सिरिजअन्तर्गतको पहिलो खेलमा बुधबार यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो ।

नेपालका लागि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । गुल्सन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए ।

सोमपाल कामी र अविनाश बोहाराले एक विकेट लिए । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

 

 

प्रतिक्रिया दिनुहोस्