कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत


विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका हुन् ।

उनले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफूलाई विश्वासको मत दिन माग गरे ।

कोशी प्रदेशसभा ९३ सदस्यीय रहेको छ । उनलाई ६ सिटको राप्रपाबाहेक दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।  राप्रपाले विपक्षमा मतदान गर्ने भएको छ ।

जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिने राखेको प्रस्तावमाथि छलफल भइरहेको छ । दलीय आधारमा उक्त प्रस्तावमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।