टस जितेर फिल्डिङ गर्दै नेपाल



काठमाडौं ।

नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत युएईसँग टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

योसँगै मुलपानी मैदान टि-२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ । आजको खेलमा नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् । विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि उनले डेब्युको मौका पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्