ललितपुरमा अष्टमातृका नाच शुरु

0
Shares

ललितपुरको सांस्कृतिक महत्त्व बोकेको अष्टमातृका नाच शुरु भएको छ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि नाच शुरु भएको हो।

यो नाच हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेपछि शुरु हुने गर्दछ। त्यसपछि बाजागाजासहित नागबहाल—पट्को हँदै मंगलबजार पुगेका देवगणलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मण(देव ब्राह्मण) ले पूजा गरी मूलचोकमा प्रवेश गराइन्छ र देवगणद्वारा नाच देखाइन्छ।

नाच फूलपाती र विजया दशमीका दिन दिउँसो मूलचोकमा देखाइन्छ भने अन्तिम दिन अर्थात् आश्विन शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा विशेष नाच देखाएर नासःद्योमा गई देवगणले मुकुण्डो निकालेपछि नाच सम्पन्न गरिन्छ।

यो मल्ल राजा श्रीनिवास मल्लको पालामा शुरु भएको हो। नाच तीन सय ५० वर्ष अघिदेखि चल्दै आएको हो। यसलाई गः प्याखँ पनि भनिन्छ। मल्लकालमा मल्ल राजा श्री निवास मल्लले यो नाच शुरु गरेका थिए।