३० दिनमा सकियो चित्रा



सन्तोष अधिकारी फिल्मकाे ब्यानर एवम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा निर्माणाधीन फिल्म चित्राको छायांकन ३० दिनमा सकिएको छ।

आगामी पौष २७ गतेबाट नेपाल र अस्ट्रेलियामा रिलिज गरिने फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन्। सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, अञ्जना बराइली, सिम्रन खड्का, आयुषी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरेले अभिनय गरेको फिल्ममा अजय अधिकारीको कथा, मनीष गौतमको पटकथा, राजनराज शिवाकोटीको गीत र संगीत, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्