निवा धरान आइडल



धरान आइकन २०२३ को उपाधि धरान १५ की निवा लिम्बू (१९) ले जितेकी छन्। मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसँगै नगद ५० हजार रुपियाँ र एक साताको हङकङ भ्रमणको अवसर प्राप्त गरेकी छन्।

प्रतियोगितमा अनु राई फस्ट रनर्सअप र मिस इन्टेलेक्चुअल भइन् भने जेसिका जोशी सेकेन्ड रनर्सअप र मिस ब्युटिफुल कम्प्लेसन भइन्। अनु र जेसिकाले उपाधिवापत क्रमशः ३० र २० हजार रुपैयाँ प्राप्त गरेका छन्। ब्ल्याक पिग इन्टरटेन्मेटको आयोजनामा सम्पन्न प्रतियोगितामा समीक्षा चौधरी मिस फोटोजेनिक, रिया सेन्चुरी मिस बेस्ट वक, दिवाना राई मिस मल्टिमिडिया र फ्रेन्डसिप, साइमना राई मिस पब्लिक च्वाइस, विशाखा विष्ट मिस डिस्सिप्लिन, जुनु तामाङ मिस एक्टिभ, सृष्टिका राई मिस कल्चरल ड्रेस र एलिना तामाङ मिस बेस्ट स्माइल भए ।

प्रतियोगिताको कोरियोग्राफी प्रोजिता लामाले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन विद्या लिम्बूले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्