दीपकले ल्याए बोली मिठो



दीपक बस्नेतको शब्द रचना, शिव अनुरागको संगीत र मिलन विकको स्वरमा बोली मिठो बोलको गीत सार्वजनिक भएको छ।

सञ्जय श्रीपालका संगीत संयोजन रहेको गीतमाथि भिडियो पनि बनेको छ। भिडियोमा गीतकार दीपक बस्नेतका साथमा वन्दना बेली मुुख्य भूमिकामा छ भने सामूहिक नृत्यमा ड्रिम डान्स परिवारको आकर्षिक नृत्य रहेको छ।

गाउ“को पृष्ठभूूमिबाट पढ्न बजार झरेको युवाको ठट्यौलीपन र किशोर अवस्थालाई उजागर गर्ने कथा समेटिएको गीतको भिडियोमा रोहन मगर र भिरन श्रेष्ठको कोरियोग्राफी, अञ्जित बोहोराको निर्देशन, सन्तोष सुनारको छायांकन र उदय प्रकाशको सम्पादन रहेको छ। गीतकार बस्नेतले निर्माण गरेको गीत उनकै युटयुु्ब च्यानल अनुुदीप क्रियसनमा अपलोड गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्