नारायण गोपाल संगीत सम्मान झुमालाई



श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यस वर्ष स्रष्टा सम्मानको ३०औं वार्षिकोत्सव भव्यरूपमा मनाउने भएको छ।

यस अवसरमा विगत २९ वर्षदेखि प्रदान गरिँदै आइएका तीन सम्मानहरू– इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, सरस्वती सम्मान र नारायणगोपाल सङ्गीत सम्मानको घोषणा गरिएको छ।

मन्दिरकी अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा हालै बसेको बैठकले सर्वसम्मतिबाट तन्त्र विज्ञानका प्रकाण्ड विद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरे तथा कवि एवम् व्यङ्यकार लक्ष्मण नेवटियालाई संयुक्तरूपमा सरस्वती सम्मान तथा सङ्गीतकार एवम् लोकगायिका झुमा लिम्बूलाई नारायणगोपाल सङ्गीत सम्मान प्रदान गर्ने निर्णय गरेको मन्दिरका महासचिव तथा गीतकार रमण घिमिरेले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्