गीतमा सेल्फी खिचौंला



किरण भुजेल र रानी शाक्यको स्वरमा सेल्फी खिचौंला बोलको गीत सार्वजनिक गरिएको छ।

हरि उप्रेतीको शब्द र नागेन्द्र श्रेष्ठको संगीतमा तयार पारिएको गीतमा युवा युवतीबीच सेल्फी खिच्ने र माया पिरती साट्ने भाव प्रस्तुत गरिएको छ।

गीतकोे भिडियोमा सरोज प्रजा, निक्स शर्मा र बिना राउतले अभिनय गरेका छन्। प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र राकेश दाहालको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्