चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर घुससहित पक्राउ



काठमाडौँ।

चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियरलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ मा कार्यरत विजया लक्ष्मी पन्तलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

घर निर्माण सम्पन्न भएको प्रमाण पत्र उपलब्ध गराएबापत असिस्टेन्ट सब–इन्जिनियर पन्तले घुस मागेको भन्ने उजुरीका आधारमाआयोगबाट खटिएको टोलीले उक्त रकमसहित सोमबार काठमाडौँको सिङ्गुऱबाट नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्