नेकपा एमाले कर्णालीको अध्यक्षमा शाह विजयी   



    सुर्खेत।

 नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन् । नेकपा एमालेका पार्टी पोलिटब्युरो सदस्यबाट प्रदेश अध्यक्षमा निर्वाचन लडेका शाह ३ सय ६९ मतबा साथ विजयी भएका हुन् ।

उनीसँगै अध्यक्षमा प्रतिपर्धा गरेका एमाले नेता मीनबहादुर शाहीले २ सय ७ र अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा शाहकै प्यानेलका टेकराज पक्षाई निर्वाचित भएका छन् । उनले ३ सय ४२ मत प्राप्त गरेका छन् । उनीसँगै उपाध्यक्षमा प्रतिस्पर्धा गरेका लालबहादुर महत्तरा १ सय ७६ र दानसिंह परियारले ५९ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा धुर्बकुमार शाही विजयी भएका छन् । उनले ४ सय ६ मत प्राप्त गरेका छन् । उनीसँगै सचिवमा प्रतिस्पर्धा गर्ने रुद्रबहादुर शाहीले १ सय ६९ मत प्राप्त गरेका छन् । यस्तै उप सचिवमा रबिन्द्रराज शर्मा र रमेशकुमार शाही विजयी भएका छन् । शर्माले २ सय ९९ र शाहीले २ सय ६६ मत प्राप्त गरेका छन् । उनीहरुसँग उप सचिव भिडेका पद्मा खड्का १ सय ५२, उब्जनबहादुर शाही ५६, तेजकुमार बिक ७७, धिरेन्द्रराज गिरी ५२, नारायणकुमार शाह ३५, मेनुका पक्षाई ९६ र बखतबहादुर भण्डारीले ३३ मत पाएका छन् ।

कर्णालीमा खासगरी एमाले नेता गुलावजंग शाह पार्टी स्थायी कमिटी सदस्य यामलाल कंडेल समुह र मीनबहादुर शाही पार्टी स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहबाट उम्मेदवार भएका थिए । निर्वाचन परिणाम आइसकेपछि मुख्य प्रतिस्पर्धामा रहेका नेता मीनबहादुर शाहीले नवनिर्वाचित अध्यक्ष गुलावजंग शाहलाई अंकमाल गरी बधाई दिएका छन् । निर्वाचन अघि पार्टीका केन्द्रीय अध्यक्ष ओलीको सिग्नल पनि शाहीलाई थियो । तर कंडेलले आफुलाई राष्ट्रिय राजनीतिमा स्थापित गरी आफ्नो शक्ति आर्जन गर्नका लागि निर्वाचनबाटै आफ्नो टिम विजयी गराएको एमाले नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्