प्रधानमन्त्री प्रचण्डद्वारा खनालको निधनप्रति दु:ख व्यक्त



काठमाडौं।

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख एवं नेपाली कांग्रेसका नेता स्व. डिल्लीराम खनालको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन् । आज चावहिलस्थित सिफलमा उनको परिवारलाई भेटेर प्रधानमन्त्री दाहालले समवेदना व्यक्त गर्दै स्वर्गिय खनालप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन खनालका काका समेत रहेका नेता डिल्लीराम खनालको शनिबार राती त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । शोकाकुल खनाल परिवारप्रति समवेदना प्रकट गर्न प्रधानमन्त्री दाहालका साथमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदलगायत नेताहरु पुग्नुभएको नेपाली कांग्रेस ओखलढुंगा–काठमाडौ सम्पर्क समितिका सभापति खिलानाथ लुइटेलले जवनाकारी दिए ।

प्रधानमन्त्री दाहालले दिवंगत खनालको तस्वीरमा माल्यार्पण गरी शोक पुस्तीकामा मार्फत दु:ख व्यक्त गरेका छन् । उनले लेखेका छन् –‘राजनीतिज्ञ, समाजसेवी एवं जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको असामयिक निधनले दुखी बनाएको छ । दुखको यस समयमा सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । उहाँप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्