काठमाडौंको गौशालामा १ जना व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद



काठमाडौं । काठमाडौंको गौशालामा साजन हुसेनमाथि चक्कु प्रहार भएको छ ।

उनी गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक पनि हुनु ।

उनीमाथि चक्कु प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थमा पुगेको थियो ।

घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्