१० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ


रूपन्देही । रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारतीय रुपैयाँसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाका सशस्त्र प्रहरी बल नेपालका नायव उपरीक्षक किशोर श्रेष्ठ नेतृत्वको टोलीले आइतबार राति नेपालमा प्रतिबन्धित १० लाख भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउने क्रममा बिओपी चेक पोस्ट अगाडिबाट चेकजाँच गर्ने क्रममा उनीहरुमध्ये एकजनाको साथबाट ९ लाख र दुई जनाको साथबाट ५०÷५० हजार भारतीय रुपैयाँ बरामद गरिएको हो ।

बरामद सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।