यौन दुर्व्यवहारको आरोप लागेपछि एसएसपीले दिए राजीनामा



काठमाडौं । कार्यालयमै सहकर्र्मी महिलामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले राजीनामा दिएका छन् ।

प्रहरी प्रवक्ता डिआईजी कुबेर कडायतका अनुसार एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको बताए । राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको बडायतले बताए ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा रहँदा एसएसपी पालले यौन दुव्र्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् ।

त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्