दाङमा बस दुर्घटना- १४ जना घाइते, चालक पक्राउ


दाङ । दाङस्थित पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटना हुँदा १४ यात्री घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।

१६ जना यात्रु लिएर पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस सोमबार बिहान सडकदेखि १० मिटर तल खसेको हो । दुईजनाको भने सकुशल उद्धार गरिएको छ ।

बस चालक रामेछापको सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।