सौगातको रिसाहा रूप



दर्शकमाझ प्रतिक्षित फिल्म पशुपति प्रसाद २ ः भष्मे डनबाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ।

फिल्मको पोस्टरमा अभिनेता मल्ललाई टाउकोमा फेटा बा“धेर रिसाहा लुक्समा प्रस्तुत गरिएको छ। यसअघि, फिल्मको सार्वजनिक पोस्टर, टिजर र २ गीतले दर्शकमाझ राम्रो हाइप बनाएका छन्। जसका कारण यसको विदेशका विभिन्न देशका शहरमा तीन हप्ता अगाडि नै अग्रिम टिकट बुकिङसमेत खुलिसकेका छन् भने केही देशमा खुल्ने तयारी भइरहेको विदेश वितरक सेभेन सिजले जानकारी दिएको छ।

विदेश वितरकअनुसार सम्भवतः यो नै पहिलो नेपाली सिनेमा होला जसको अफिसियल ट्रेलर रिलिज नगर्दै विदेशी बजारमा दर्शकको उच्च मागका कारण तीन हप्ता अगाडि नै अग्रिम टिकट बुकिङ खोल्न सम्भव भयो। दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म यस अघिको सुपरहिट फिल्म पशुपतिप्रसादमा पशुपति प्रसादको मृत्यु भएपश्चात् पशुपति क्षेत्रमा आप्mनो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो।

फिल्ममा सौगातका अलावा विपिन कार्की, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानिया“, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतले पनि अभिनय गरेका छन्। अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन्।

टुकी आट्र्सको ब्यानरमा निर्मित फिल्म निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेद्वारा निर्मित फिल्ममा कृष्ण भारद्वाजको संगीत, निरज क“डेलको डीओपी, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ। फिल्म नेपालमा डिसिएन, टी फक्स र रिच इन्टरटेनमेन्ट तथा भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्