लोकदोहोरीको प्रशिक्षण



हेटौंडा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले हेटौंडामा बागमती प्रदेशस्तरीय प्रशिक्षण शिविर सम्पन्न गरेको छ।

प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर जिल्ला अध्यक्ष रवीन्द्र थिङले प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेशस्तरीय कमिटीको साधारणसभा तथा प्रशिक्षण शिविर सञ्चालन गरेकोमा केन्द्रीय र प्रदेश समितिलाई धन्यवाद व्यक्त गरे। बागमती प्रदेशका १३ जिल्ला समितिका पदाधिकारीको सहभागिता रहेको प्रशिक्षण शिविरमा देशको मौलिक संस्कृति झल्कने लोकदोहोरीको छुट्टै पहिचान रहेको र यसलाई लोप हुनबाट जोगाउनुपर्नेमा कार्यक्रमका वक्ताले जोड दिएका थिए।

प्रतिष्ठान अध्यक्ष थापामगरले पछिल्ला दिनमा पश्चिमा गीत संगीतले परम्परागत लोकसंगीत तथा लोकदोहोरी संकटमा परेकाले सरकारले लोकगीत संरक्षणमा चासो दिनुपर्ने बताइन्। परिषद् कार्यवाहक महासचिव तथा लोकगायक शिरिष देवकोटा र उपाध्यक्ष राजु ढकालले प्रशिक्षण शिविरको सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्