इरानले जितेमा नेपालको कांस्य पक्का



हाङझाउ । १९औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा सोमबार बिहान बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्दै नेपाल कम्तीमा कांस्य पदककाे हकदार बनेको छ।

नेपाली महिला कबड्डी टोलीले बंगलादेशलाई पराजित गर्दै पदकको बलियो सम्भावना बनाएको हो । अब समूहको अर्को खेलमा बंगलादेश इरानसँग हारे नेपाल सेमिफाइनल पुग्नेछ । सेमिफाइनलमा पुग्ने टोलीको पदक पक्का भएसँगै नेपालले जारी एसियाली खेलकुदमा पहिलो पदक जोड्ने सम्भावना करिब पक्का भएको छ ।

महिला कबड्डीमा कुल ७ टोली सहभागि भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छ । पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो र अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कास्य पदक जित्नेछ ।

एक्सएसजी स्पोर्ट्स सेन्टरमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा २१-१६ को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लय कायम राख्दै नेपालले १६-८ काे अग्रता लिएर खेल जितेको हो । नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ । इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ । समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

प्रतिक्रिया दिनुहोस्