पोखराका लागि उडान भरेका विमान काठमाडौं फर्काइयो किन ?



काठमाडौं । पोखराका लागि उडान भरेका विमान काठमाडौं फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।

आज बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्