संयोग भन्दै पिरतीलाई सार्वजनिक



गीतकार तारा अधिकारीको गीत संयोग भन्दै पिरतीलाई भिडियोसहित सार्वजनिक भएको छ।

सत्यराज आचार्यको स्वर तथा किरण क“डेलको संगीत र संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन गीतकार अधिकारीले नै गरेकी छन्। भिडियोमा छायांकन शिव ढकाल र सम्पादन नहकुल खड्काको छ।

सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको गीत गीतकार अधिकारीले केही समयअघि नै तयार गरेकी थिइन्। ‘समय नमिलेका कारण दर्शक–श्रोतामाझ ल्याउन सकेकी थिइन”। अहिले आएर सार्वजनिक गरेको छु’ गीतकार अधिकारीले भनिन्।

प्रतिक्रिया दिनुहोस्