गायिका पाख्रिनको धुन



राजधानीको तारकेश्वरमा अवस्थित एकीकृत समृद्धि नेपाल बाल आश्रममा आश्रित अनाथ बालबालिकाबाट गायिका रमला पाख्रिनको गीत धुन सार्वजनिक गरिएको छ।

आश्रममा आश्रित ३५ जना बालबालिका र गायिका पाख्रिनले संयुक्तरूपमा गीत सार्वजनिक गरेका हुन्। सो अवसरमा पाख्रिनले आफ्नो गीत गाएर सुनाएकी थिइन भने बालबालिकाहरू नाचगान गरेर रमाएका थिए। गायिका पाख्रिनले आश्रमका लागि झण्डै एक महिना पुग्ने खाद्यान्नसमेत हस्तान्तरण गरेकी थिइन्।

सार्वजनिक गीतमा पाख्रिन र कमल खत्रीको स्वर तथा खत्रीकै शब्द र संगीत रहेको छ। राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा मिरुना मगर र घनश्याम घलेको अभिनय तथा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्