दोलखामा चार केजी सुनसहित पाँच जना पक्राउ



दोलखा
जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दोलखाको विगु गाँउपालिका वडानम्बर ३ जामुनेस्थित सीता तमाङको घरमा डेरा गरी बस्ने केशर तमाङको कोठामा लुकाएर राखेको अवस्थामा उक्त सुन भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो ।

सुन ल्याएको सुराकीको आधारमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का र इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामासहितको १५ जनाको प्रहरी टोलीले सीता तमाङको घरमा लुकाई राखेको ठाँउबाट बुधबार राति उक्त सुन बरामद गरेको थियोे ।

सुन ओसारेको आरोपमा बुधबार राति नै पक्राउ परेका विगु गाउँपालिका वडानम्बर ३ का १९ वर्षीय पेम्बा तमाङ, २८ वर्षीय केशर तमाङ र २० वर्षीय माधव मगर तथा उनीहरूको बयानको आधारमा बिहीबार चरिकोटस्थित शुभकामना होटलबाट पक्राउ गरिएको विगु गाँउपालिका वडानम्बर १ को ५५ वर्षीय नुर्वुछिरीङ शेर्पा र ३० वर्षीय सुनमाला तमाङलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

नियन्त्रणमा लिईएको पाँचैै जनालाई अदालतबाट म्याद लिई थप अनुसन्धान शुरू गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेकाहरूलाई चिनियाँ नागरिकले नै सुन पठाएको हुनसक्ने आशंका गरिएको छ ।

उक्त सुन लामाबगरको फलाक नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरीले जनाएको छ । चीन सरकारले आईतवार मात्र तिब्बतसंग सिमा जोडिएको दोलखाको फलाक हुँदै जाने दुईवटा नाका रोङसिया र क्वादम खुला गरेको थियो ।

सुन भित्रिँदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधबार राति आफैं सिंगटी पुग्नुभएको थियो । तिब्बतको फलाक नाकाबाट १२÷१५ केजी सुन भित्रिएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्