परदेशी–२ आम नेपालीको कथा : केकी अधिकारी



आगामी २६ गते अल नेपाल रिलिजमा आउने फिल्म परदेशी–२ आम नेपालीको कथा भएको अभिनेत्री केकी अधिकारीले बताएकी छिन्।

चलचित्र पत्रकार संघ नेपाल, बा“के शाखाद्वारा नेपालगञ्जमा आयोजित साक्षात्कार कार्यक्रममा अभिनेत्री अधिकारीले मौलिक कथामा अभिनय गर्ने रहर परदेशी–२ ले पूरा गरिदिएको समेत बताइन्। ‘यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो। परदेशी–२ हामी सबै नेपालीको कथा समेटिएको फिल्म हो। त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु’ केकीले भनिन् ‘यो प्रकाश सपूतजीको पहिलो फिल्म हो। उहा“स“ग काम गर्न पाउ“दा पनि खुसी छु। नारायण रायमाझी सरका अन्य फिल्म दर्शक बनेर हेर्ने गर्थें, अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो। योभन्दा ठूलो खुसीको विषय के हुन सक्छ र?’

यही फिल्मबाट अभिनेताका रूपमा डेब्यु गरेका गायक प्रकाश सपूतले परदेशी–२ आप्mनो पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए। ‘जब मैले यो फिल्म गर्ने निर्णय गरेको थिए“, त्यतिबेला अहिलेको जस्तो चर्चा–परिचर्चा थिएन। कार्यक्रममा प्रकाशले भने, ‘त्यो सुरुवातमा फिल्म गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ। तर, पहिलो फिल्म भएकोले उत्साहस“गै थोरै डर पनि छ।’

फिल्मले समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए। ‘नेपालगञ्जमा मेरा अघिल्ला फिल्म राम्रो चलेका थिए’, उनले भने, ‘यो फिल्मले पनि देशभरस“गै नेपालगञ्जमा पनि दर्शकको साथ पाउने अपेक्षा गरेको छु।’ उनले संसार घुमे पनि आप्mनो मातृभूमि र आमाबुबालाई भुल्नु हु“दैन भन्ने फिल्मको सार रहेको बताए।

साक्षात्कारपछि फिल्मको टिमले फिल्मको कथासार बुझाउने नाटकसमेत प्रस्तुत गरेको थियो। फिल्मको टिमले नेपालगञ्जका जीभीएन कलेज र युनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीस“ग साक्षात्कार गरेको थियो।

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीद्वारा निर्मित फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतले अभिनय गरेका छन्। बिबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिङ रहेको फिल्म दीर्घ खड्काले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्