गौतम र शिल्पाको पिरतीको गीत



वीरकुमार दत्त र अस्मिता अधिकारीको गायन, अभिनाश थापाको शब्द र भीम बिसीको संगीतमा पिरतीको गीत बोलको गीत हालै भिडियोसहित सार्वजनिक भएको छ।

प्रेमको कथा बुनिएको गीतको भिडियोमा विश्व कीर्तिमान नेपाली एडभेन्चर स्टार तथा कलाकार गौतम खातीको साथमा नायिका शिल्पा पोखरेलले अभिनय गरेकी छिन्। भिडियोमा एक प्रेम जोडीको प्रेम र रोमान्सको कथा प्रस्तुत गरिएको छ। रसुवा जिल्ला र काभ्रेको धुलिखेलका मनोरञ्जक र रमणीय दृष्यमा छायांकन गरिएको भिडियोको निर्देशन सुव्रतराज आर्चायले गरेका छन्। भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन विष्णु खड्काको छ।

निरा खाती इन्टरटेनमेन्टले तयार पारेको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। झन्डै तीन दर्जनभन्दा बढी म्युजिक भिडियो र छोटो फिल्ममा अभिनय गरेका गौतम खाती २०७५ सालमा करा“तेको ब्ल्याक बेल्ट ड्रेस लगाएर उडिरहेको हेलिकप्टरबाट स्काई डाइभ गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामंक अंकित गर्न सफल भएका थिए। खाती पछिल्लो समयमा फरक शैलीका म्युजिक भिडियोमा प्रस्तुत हु“दै वाहवाही कमाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्