पशुपतिप्रसाद २ : भष्मे डनको प्रेम शरणम्



विजया दशमीको फूलपातीको दिन आगामी कार्तिक ४ गते रिलिजमा आउने फिल्म पशुपति प्रसाद २ : भष्मे डनमा समावेश गीत प्रेम शरणम् सार्वजनिक गरिएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। गीतमा दुई पात्रबीचको मायाप्रेम देखाइएको छ। रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सन आकर्षक लाग्छ। ¥यापको समिश्रण रहेको फिल्मको गीतमा कृष्ण भारद्वाजको संगीत तथा सुशील पौडेल र संगीतकार भारद्वाजको शब्द रचना तथा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर रहेको छ। प्रवीण सिंहको कोरियोग्राफी र निरज क“डेलको डीओपी रहेको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ। गीतमा संगीतकार भारद्वाज आफ“ैले ¥यापमा स्वर भरेका छन्।

दर्शकमाझ प्रतीक्षित रहेको फिल्म पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आप्mनो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि शुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो। दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको पशुपति प्रसाद २ : भष्मे डनमा विपिन र स्वस्तिमाका साथमा सौगात मल्ल, रवीन्द्र सिंह बानिया“, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालले अभिनय गरको छन्। फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन्। टुकी आर्ट्सको ब्यानरमा खगेन्द्र लामिछानेद्वारा निर्मित फिल्ममा लेखन उनकै छ भने कृष्ण भारद्वाजको संगीत निरज क“डेलको डीओपी, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

सफल फिल्म पशुपति प्रसादको चरित्र भष्मे डनमा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको लामिछानेले बताए। फिल्म नेपालमा डीसीएन, टी फक्स र रिच इन्टरटेनमेन्ट तथा भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्