मुखले ठिक्क बनाउने



गायक गायिका चुणामणि मग र मेलिना राईको स्वरमा मुखले ठिक्क बनाउने बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।

भद्र नकलको शब्द रचना र संगीतमा तयार पारिएको पूर्वेली लोक लयको गीतको भिडियोमा टम्पशेर राई र अञ्जली अधिकारीले अभिनय गरेका छन्।

अञ्जली र टम्पशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको यस भिडियोलाई तारावीर पाण्डेको निर्देशन गरेका छन्। भिडियोमा मुकेश हुमागाईंको छायांकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकाश धमलाको सम्पादन रहेको छ।

सन् २०१४ देखि गायनमा सक्रिय रह“दै आएका गायक चुडामणिले यसअघि उदायो बिहानी, कान्छीको जवानी, वीर गोर्खालीजस्ता चर्चित गीत ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्