दार्जिलिङमा संगीत साधक अम्बर गुरुङको सालिक निर्माण



भारतको दार्जिलिङमा संगीत साधक अम्बर गुरुङको पूर्ण कदको सालिक राखिने भएको छ।

नेपाली आधुनिक संगीतका प्रणेता तथा राष्ट्रिय गानका संगीतकार स्व. गुरुङले नेपाली आधुनिक संगीत क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च सम्मानार्थ दार्जिलिङमा उनको पूर्ण कदको सालिक राखिन लागेको हो। सालिक लभ एन्ड सपोर्ट फाउन्डेसन नेपाल र सिक्किमको संयुक्त पहलमा निर्माण गरिएको हो। यसबारे जानकारी दिन शुक्रबार सा“झ ललितपुरको जावलाखेलस्थित रिदी लाउन्जमा आयोजित पत्रकार सम्मेलनमा लभ एन्ड सपोर्ट फाउन्डेसनकी अध्यक्ष गायिका तथा अभिनेत्री कविता आलेले दार्जिलिङको मिरिक महकुमाअन्तर्गत टिंगलिंग चियाबारी भ्यु प्वाइन्टमा अम्बरको सालिक निर्माण सम्पन्न भएको जानकारी गराइन्। आलेका अनुसार नेपालबाट संगीतकर्मीको एक टोली त्यहा“ पुगेर आगामी काक्ति १९ गते गुरुङको सो सालिक अनावरण गरिनेछ। ‘अम्बर गुरुङको सालिक निर्माण गरिनुको उद्देश्य उहा“ले नेपाली संगीत क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको लागि सम्मान त हु“दै हो। साथै, यो सारा नेपाली जातिको नेपाली गीत संगीत क्षेत्रकै उच्च सम्मानका लागि गरिएको प्रयास हो’ कार्यक्रममा आलेले भनिन्।

सालिक अनावरणकै दिन एउटै मञ्चमा अम्बर गुरुङ स्मृति ग्रन्थ विमोचनका साथै नेपालका अग्रज श्रष्टा र अनुज कलाकारका साथै दार्जीलिङ र सिक्किमका अग्रज र युवा कलाकारको संयुक्त प्रयासमा भव्य सांगीतिक कार्यक्रमको आयोजना समेत गरिने फाउन्डेसनकी उपाध्यक्ष, गायिका तथा संगीतकार संगीता रानाले जानकारी गराइन्। गुरुङको सालिक अनावरण कार्यक्रमस“गै नेपाली गीत संगीत क्षेत्रमा अतुलनीय योगदान पु¥याउने अग्रज श्रष्टालगायत सामाजिक र शिक्षा क्षेत्रमा योगदान पु¥याउ“दै आएका व्यक्तित्वलाई नगद ५१ हजार भारतीय रुपिया“ र ताम्रपत्रसहित सम्मान गरिने फाउन्डेसनका सचिव तथा गीतकार आनन्द राईले जानकारी गराए। राईका अनुसार नेपाली आधुनिक गायन संगीत क्षेत्रका अग्रज श्रष्टा शान्ति ठटाल, गायक तथा या संगीतकार दीप श्रेष्ठ, गीतकार शिवशंकर थापा र शिक्षाविद् तथा समाजसेवी नारद पोख्रेललाई अम्बर गुरुङ गीत संगीत पुरस्कारद्वारा सम्मानित गरिनेछ। ‘अम्बर गुरुङ दाइ दार्जिलिङमा जन्मे–हुर्के बढेको भएर मात्र होइन उहा“को सालिक दार्जिलिङमा राख्न लागेका होइनौं। हाम्रो पहु“चले सालिक निर्माण र राखिने स्थल दार्जिलिङमा व्यवस्था गर्न सक्यौं। त्यसैले, उहा“को सालिक त्यहा“ राख्न लागेका हौ“’ राईले भने।

फाउन्डेसनकी सदस्य तथा गायिका निशा देशारले अम्बर गुरुङको सालिक निर्माणले उहा“लाई सांगीतिक क्षेत्रमा थप जीवित राखिराख्ने चर्चा गरिन् भने अर्कौ सदस्य तथा सञ्चारकर्मी महेश लिम्बूले यो कार्य सम्पूर्ण नेपाली सांगीतिक क्षेत्रकै लागि गर्वको विषय भएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्