रोचकताले भरिएको वरदान सुर सन्ध्या



सैनिक श्रीमती संघद्वारा राजधानीमा शुक्रबार सा“झ फरक क्षमता भएका बालबालिकाका विद्यालयको सहयोगार्थ एक विशेष कार्यक्रम वरदान सुर सन्ध्याको आयोजना गरियो।

उक्त रोचक कार्यक्रममा सहभागी हुने क्रममाप्रख्यात अभिनेत्री मनीषा कोइरालाले नेपाली सेनाको योगदानबारे प्रस्तुति दिइन्। त्यसैगरी, नायक नायिका प्रदीप खड्का, करिश्मा मानन्धर र स्वस्तिमा खड्काको नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान ग¥यो। त्यसैगरी, गायक गायिकाहरू कर्ण दास, स्वपन सुमन, प्रकाश सपूत, इन्दिरा जोशी, शिवानी मोक्तानलगायतले आप्mना हिट गीतले सबैलाई मोहित पारे। हास्यव्यंग्यकार मनोज गजुरेलको कमेडीले दर्शक पेट मिची मिची हासे। कार्यक्रममा पूर्व मिस नेपाल रुबी रानालगायतले फरक क्षमताका बालबालिकास“ग स्टेजमा विशेष प्रस्तुति पस्किए।

समारोहमा सैनिक ब्यान्ड र शार्दुलजंग गुल्मका वाद्यवादककोको रोचक सांगीतिक प्रस्तुतिले दर्शकलाई रोमाञ्चक बनाएको थियो। करिब साढे दुई घन्टाको मनोरञ्जनामत्क कार्यक्रम सञ्जय गुप्ता र सुगारिका केसीले सञ्चालन गरेका थिए। कार्यक्रम एलिश कार्कीको परिकल्पना र निर्देशन तथा भावना कार्कीको कोरियोग्राफीमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्