शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेन्डा : प्रधानमन्त्री प्रचण्ड



k|d …k|r08ږ;Daf]wg Go’of]s{, cd]l/sf, ! c;f]h M ;+o’Qm /fi6« ;ª3sf] dxf;efdf efu lnO/xg’ePsf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ;+o’Qm /fi6« ;ª3sf] ;efxndf ;f]daf/ cfof]lht lbuf] ljsf; nIo ;Dd]ng–@)@# nfO{ ;Daf]wg ug{‘x’Fb} . pxfFn] cltsdljsl;t /fi6«x?sf] ;d”xsf] cWoIfsf tkm{af6 ;Daf]wg ug{‘ePsf] xf] . tl:a/M k|bLk/fh jGt÷/f;;

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् ।

अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिरहेको छ । प्रधानमन्त्री र बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको छु ।’

सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि सङ्घीय संसद्मा दर्ता भएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्