परदेशीको काम



ख्यातिप्राप्त लोकगायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीको सुपरहिट फिल्म परदेशीको सिक्वेल परदेशी–२ मा समावेश गीत सार्वजनिक गरिएको छ।

विजया दशमीको अवसर पारेर आगामी असोज २६ गते रिलिजमा आउने फिल्मको हिजो काम बोलको गीत सार्वजनिक गरिएको हो। बुधबार बिहान सार्वजनिक गीतले परदेशमा बस्ने परदेशीकै कथा बोलेको छ।

हिजो काम, आज कामकाम विदेशमा
कामभन्दा के नै छ र आमा विदेशमा।

गीतले भन्छ। गीतको शब्द रचना सतिश चापागाईंको छ भने फिल्मका अभिनेतासमेत रहेका गायक प्रशान्त तामाङले गाएका छन्। बिबी अनुरागीको संगीत र एरेन्जमेन्ट तथा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतमा केही मन छुने संवादसमेत समावेश गरिएको छ। गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीस“गै रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको परदेशी–२ मा दिलीप, प्रशान्त र प्रकाशस“गै केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतले अभिनय गरेका छन्।

गीतकार रमेश बिजीको लेखनमा बनेको फिल्मले उच्च शिक्षाका लागि विदेसिने विद्यार्थीको कथा पेस गर्ने निर्देशक नारायण रायमाझीले बताए। अध्ययनस“गै अन्य परिवेशमा परदेश पुगेकाको कथा–व्यथासमेत समेटिएको फिल्ममा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्