जरिनविरुद्ध पक्राउ पुर्जी जारी

0
Shares

बलिउड अभिनेत्री जरिन खान कानुनी झमेलामा फसेकी छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुुसार पाँच वर्षअघि कोलकातामा भएको एक कार्यक्रमसँग जोडिएको मामलामा उनीमाथि पक्राउ पुर्जी जारी भएको छ।

समाचारअनुसार कोलकाताको नारकेलदंगामा कार्यक्रम आयोजकले जरिनविरुद्ध शिकायत दर्ता गरेका थिए। कार्यक्रम आयोजकले जरिनले आफूसँग भूमिगत व्यक्तिहरूको पहुँच रहेको भन्दै धम्की दिएको आरोप लगाएर उक्त शिकायत दर्ता गरेका थिए।

सोही शिकायतलाई लिएर कोलकाताको सियालदह अदालतले हालै जरिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। जरिनको तर्फबाट भने यस विषयमा कुनै पनि प्रतिक्रिया आएको छैन।

वीर, हेट स्टोरी २ र ३, हाउसफुल ३, रेडी जस्ता दर्जनौं फिल्ममा काम गरेकी जरिन पछिल्लो समय फिल्मबाट टाढा छिन्। उनले फिल्म रेडीमा समावेश क्यारेक्टर ढिला हे बोलको आइटम गीतबाट सर्वाधिक चर्चा बटुलेकी थिइन्।