केकी र रिमाको ह्याप्पी डिभोर्स

0
Shares

अभिनेता तथा मोडल विमलेश अधिकारी निर्देशक बन्ने भएका छन्। राजधानीमा एक कार्यक्रम आयोजना गर्दै अधिकारीले ह्याप्पी डिभोर्स नामक फिल्म निर्देशन गर्ने जानकारी गराए।

फिल्मका विमलेशका साथमा केकी अधिकारी र रिमा विश्वकर्मा मुख्य भूमिकामा हुनेछन्। आगामी २०२४ को जनवरीमा छायांकनमा जाने फिल्मका लागि अन्य कलाकार चयन गर्न बाँकी रहेको विमलेशले बताए। कार्यक्रममा फिल्मको कथासार बुझाउने म्युजिकल प्रिभ्युसमेत सार्वजनिक गरिएको छ। म्युजिकल प्रिभ्युमा विमलेश, केकी र रिमा देखिएका छन्। विशाल पोखरेलको संगीतमा तयार भएको शीर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर रहेको छ।

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण हुने फिल्ममा पुष्करमणि राईको पटकथा, नवराज उप्रेतीको छायांकन र सम्पादन टेकेन्द्र शाहको रहनेछ।