वेदनाको शहर



ताप्लेजुङ । गायक सायल हेल्लोक लिम्बूको गीत वेदनाको सहर भिडियोसहित सार्वजनिक भएको छ।

किशोर दर्नालको शब्द र राम सिटौलाको संगीत रहेको गीतमा आर्थिक समस्याले सन्तानको भविष्य सुन्दर बनाउन विदेश जानुपर्ने बाध्यता दर्शाउन खोजिएको छ।

आफ्ना रहर सपना छोडेर परिवारको लागि जिम्मेवारी र भविष्यका लागि विदेश नेपाली युवाले भोग्नुपरेको पीडा र भोगाइलाई कथावस्तु बनाइ तयार पारिएको गीतको भिडियो टिकाराम आचार्यले निर्देशन गरेका छन्। भिडियोमा आईपी आचार्य र अम्रिता श्रेष्ठको साथमा नमस्ते दिवाकर घिमिरे, बाल कलाकार अपेक्षा रेग्मी र राज पौडेलले अभिनय गरेका छन्। भिडियोमा कथा मोडल आईपी आचार्य र निर्देशक टिकारामको छ।

प्रतिक्रिया दिनुहोस्