छायाँचित्रमा नेपाली सेना



नेपाली सेनाको कर्तव्यपरायण, महत्व र योगदान वर्णित छायाँचित्र मंगलबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित एक समारोहका बीच नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको शब्द रचनामा राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना बोलको गीति छाया“चित्र प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक गरेका हुन्। सुभाष तिमिल्सिना र गीता पाण्डेद्वारा स्वरबद्ध गीतमा संगीत राजेन्द्र बजगाईं र संगीत संयोजन नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामको रहेको छ।

नेपाली सेनाको कर्तव्यपरायण तथा योगदान वर्णित राष्ट्रिय भावनाले ओतप्रोत गीत र यसको भिडियोमा नेपाली सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ। विशेष पौडेलद्वारा निर्देशित गीतको भिडियोमा सम्पादन प्रकाश हुमागाईं, किशोर डंगोल र रमेश विष्टको रहेको छ। यसको गीत र भिडियो बाबुराम श्रेष्ठ र शोभन सैंजुले निर्माण गरेका हुन्।

कार्यक्रममा सो गीतका गीतकार उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण र विपतका समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा पु¥याउँदै आएको योगदान जनतामा पु¥याउन गीत सिर्जना गरेको बताए। उपप्राध्यापक हेम भण्डारीले गीतको समालोचना गरेका थिए।कार्यक्रममा सो गीत र त्यसको भिडियोमा संलग्न कलाकर्मी र प्राविधिकलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्