तीज गीतमा सानो पोखरा प्रथम



हेटौंडा । हेटौंडा–४ मा सम्पन्न तीज गीत महोत्सव तथा तीजगीत प्रतियोगितामा सानोपोखरा समूह प्रथम, हजुरआमा सेवा समूह द्वितीय, दियालो दमार समूह तृतीय तथा कालिकामाई समूह र सामना समूह सान्त्वना भएका छन्।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १५ हजार, द्वितीयलाई १० र तृतीय लाई नगद ५ हजार रुपियाँ प्रदान गरिएको छ। त्यस्तै, उत्कृष्ट नृत्य गर्ने हेटौंडा–७ की श्रद्धा लामिछानेलाई चाँदीको पाउजु उपहार प्रदान गरिएको छ। प्रतियोगितामा संगीतकार राजु लामा निर्णायक थिए।

महोत्सवमा लोकगायिका विन्दु परियार, मीनाश्री लुङ्गेली, लोकगायक नवीन पौडेल, प्रेम बैठा, भ्वाइस अफ किड्स विजेता जेनिस उप्रेती, हेटौंडा आइडल विजेता दीपेश श्रेष्ठ, डान्सिङ स्टार हेटौंडा विजेता रितु श्रेष्ठ र हास्यकलाकार राजेन्द्र गिरी (गुन्दु्रके) को प्रस्तुति रहेको थियो। कार्यक्रममा नेपालकै दोस्रो होचा व्यक्ति २१ वर्षका मनोज गोर्खाली मुख्य आकर्षण बनेका थिए।

प्रतिक्रिया दिनुहोस्