वडा–वडामा तीज गीत प्रतियोगिता



स्याङ्जा, (नेस)। परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोटका वडा वडामा मौलिक तीज गित प्रतियोगिता आयोजना गरिएको छ। ९ वटा वडा रहेको नगरमा हरेक दिन वडा तहमा प्रतियोगिता सम्पन्न गरिएको हो।

वडा नं. १ मा दुर्गादेवी आमासमूह दार्सिङ, वडा नं. २ मा सिर्जनशील आमासमूह ठाडोलाइन, वडा नं. ३ मा बजादी आमा समूह बजादी, वडा नं. ४ मा सहनशील आमा समूह झारुङखोला, वडा नं. ५ मा समाजसुधार आमासमूह तिलहार नेटा, वडा नं. ६ मा जनजागरण आमा समूह सिमलचौर, वडा नं. ७ मा सिर्जनशील आमासमूह तिलहार, वडा नं. ८ मा लगनशील आमासमूह जामुनेडा“डा तथा वडा नं. ९ मा देवीस्थान आमासमूह ठूलीभञ्ज्याङ प्रथम भएका छन्।

आमा समूहहरूले पालिकाको विकास, स्वास्थ्य, शिक्षाको क्षेत्रमा भएको प्रगति, समस्या र देशको समसामयिक परिस्थितिलाई मौलिक लयमा प्रस्तुत गरेका थिए। नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले गीतमार्फत व्यक्त खुसी र दुःखलाई सम्बोधन गर्दै जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए। नगर उपप्रमुख भगवती रेग्मी अर्यालले तीज गितको मौलिकता संरक्षण तथा संवद्र्धन गरी महिलामा एकता कायम राख्न प्रतियोगिताको आयोजना गरिएको बताइन्।

वडास्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमश १५, १०,५ र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी, नगरस्तरीय प्रतियोगितामा प्रथमले २५, द्वितीयले १५, तृतीयले १० र सान्त्वनाले ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। साथै, नगरस्तरीय प्रतियोगितामा सहभागी हुने हरेक समूहलाई यातायात खर्चवापत २ हजारसमेत प्रदान गर्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्