सुमन र सलिनालाई तीज म्युजिक अवार्ड



राजधानीमा हालै सम्पन्न दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन्।

प्रतिनिधि सभाकी उपभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता तथा म्युजिक खबर तीज म्युजिक अवार्डकी अध्यक्ष सविता पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायिका जुना श्रीष मौलिक गीत गायिका, दीपक शर्मा संगीतकार, सुमित्रा कोइराला मौलिक गायिका, कस्तुप पन्त मौलिक शब्द, विपिन आचार्य संगीत संयोजन, भीमकला गुरुङ, टीका गुरुङ र कुसुमकला गुरुङ मौलिक गीत संयुक्त गायन, दीप गुरुङ भिडियो निर्देशक, काजिश श्रेष्ठ कोरियोग्राफर, करन चैंसिर छाया”कार, मनोज कार्की सम्पादक, रिहान शंकर र जुना गुरुङ मोडल, लक्ष्मी गुरुङ र ईशा गुरुङ संयुक्त मोडल, अनिता चलाउने र खेम सेन्चुरी दोहोरी गीत, बालकुमार श्रेष्ठ दोहोरी संगीत, सुजन बराइली दोहोरी शब्द, कविता अर्याल नवप्रतिभा र सुदीप सागर संगीत संयोजक विधाको अवार्ड विजेता बने।

त्यसैगरी, सन्दीप न्यौपाने र राधिका हमाल गायन जुरी अवार्ड, स्मृति तिमिल्सिना निर्देशक जुरी अवार्ड र रुचि घिमिरे पब्लिक च्वाइस अवार्ड विजेता भए। कार्यक्रममा गायक कृष्ण क“डेल, गायिका दुर्गा गुरुङ, मञ्जु पौडेल, शोभा त्रिपाठी र सरिता भारती, रंग पत्रकार जयन सुब्बा मानन्धर, खेलाडी तथा कलाकार नन्दा बस्याल र म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्