दीपक–दीपाको हलले निर्मातालाई ५० प्रतिशत सेयर दिने



हास्य कलाकार जोडी अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलालगायतको सञ्चालनमा गत शुक्रबारबाट नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा नयाँ सिनेमा हल सञ्चालनमा आएको छ।

आईएनआई सिनेमाजको तेस्रो फ्रेन्चाइजी मल्टिप्लेक्स हल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले शुभारम्भ गरे। दुई पर्दा रहेको हलमा कुल तीन सय ८७ सिट क्षमता छ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कलाकारले मेहनत गरे सिनेमा हलको मालिक पनि बन्न सकिन्छ भन्ने सन्देश दीपक–दीपाले दिएको चर्चा गरे ।अभिनेता आचार्यले यो नामको हललाई देशव्यापी विस्तार गर्नुपर्नेमा जोड दिए। अभिनेता तथा हलको सञ्चालक संस्था स्क्रिनप्ले फिल्म्सका अध्यक्ष दीपकराज गिरीले आप्mनो भूमिका प्रदर्शकको रूपमा पनि बदलिएको जनाउ“दै निर्मातालाई हलबाट ५० प्रतिशत सेयर दिने बताए।

हलको सञ्चालक समिति सदस्यमा दीपाश्री निरौला, निर्मल शर्मा, प्रभात रिमाल, सिर्जना बस्नेत, सुरेन्द्र थापा, गृहेन्द्र मुनाकर्मी, भीमसेन कँडेल, विजय घिमिरे र सर्वजीत सिग्देल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्