हेटौंडामा द एक्सको कन्सर्ट हुने


हेटौंडा । हेटौंडामा लोकप्रिय सांगीतिक समूह द एक्सको कन्सर्ट हुने भएको छ।

आगामी भदौ ३० गते शनिबार हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा कन्सर्ट हुने भएको हो। हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीव्ररूपमा भइरहेको जानकारी दिएको छ।

नेपाल डाइरिज प्रमुख सागर गजुरेलले दि एक्सले पहिलोपटक हेटौंडामा सांगीतिक प्रस्तुति दिन लागेको बताए। उनले खर्च कटाएर बचत भएको रकम आर्थिक अवस्था कमजोर भएर पढ्न समस्या भएका विद्यार्थीलाई सहयोग गरिने बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।