काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङलाई विमानस्थल सुरक्षा टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रमा लुकाई ल्याएका आठ थान गोलाकार अर्धठोस पदार्थ जाँचका क्रममा बरामद गरिएको हो।
लिनाको साथबाट पाँच थान (१ किलो ३४० ग्राम) र सिनपिङको साथबाट तीन थान (१ किलो ८ ग्राम) पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्