सारुक आत्महत्या प्रकरणको अनुसन्धानका लागि प्रदर्शन गरिने



अभिनेता स्व. सारुक ताम्राकारको आत्महत्या गर्नुको कारणबारे गहिरो अनुसन्धान नभएपछि यसबारे निष्पक्ष अनुसन्धानको माग गर्दै भोलि शनिबार राजधानीको ज्ञानेश्वर क्षेत्रमा प्रदर्शन गरिने भएको छ।

‘जस्टिस फर सारुक’ भन्ने नारासहित सारुकका शुभचिन्तक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ज्ञानेश्वर क्षेत्रमा प्रदर्शन हुन लागेका हुन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सारुकले न्याय पाउनुपर्ने, न्यायका लागि एक हुनुपर्ने, आत्महत्याको कारण पारदर्शी र सार्वजनिक हुनुपर्ने भन्दै प्रदर्शनका लागि आह्वान गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सो आह्वानयुक्त पोस्टलाई पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठलगायतले सेयर गरेका छन्।

सारुककी आमा रुक्मणी ताम्राकारले फेसबुकमार्फत छोराको मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने र यथार्थ बाहिर आउनुपर्ने माग गरेपछि सारुक आत्महत्या प्रकरणमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने र सत्य विवरण बाहिर ल्याउनुपर्ने आवाज चर्को रूपमा उठ्न थालेको छ। ‘मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान् (अभिनेता तथा जादुगर सानु ताम्राकार) पनि गुमाउ“दा ममाथि ठूलो बज्रपात परेको छ। यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहा“सम्म पुग्यो भन्ने कुराको खबर नआउ“दा, म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि, छोराको अन्तिम सुटिंगको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोस“ग गरियोस् र पुलिसले फोन डिटेल्स प्रस्ट अगाडि ल्याउनु हुन अनुरोध गर्दछु’ रुक्मणीले फेसबुकमा भावुक हु“दै स्ट्याटस लेखेकी थिइन्।

रुक्मणीको स्ट्याटसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाबारे तथ्य अगाडि ल्याउन प्रहरी प्रशासन र सरकारलाई सामाजिक सञ्जालमार्पmत दबाब दिएका छन्। ‘एउटी आमा आप्mनो छोरा सारुकको लागि न्याय माग्दै गुहार्दै छिन्। सम्बन्धित निकाय किन मौन छ? छानबिन के हु“ुदै छ? आमाको पीडा कहिले बुझ्ने?’ सामाजिक सञ्जाल प्रयोगकर्ता विद्या श्रेष्ठले हेलो सरकार, नेपाल पुलिस हेडक्वार्टरलाई सम्बोधन गरी ह्यासट्याग जस्टिस फर सारुक भन्दै लेखेकी छन्।

सारुक आत्महत्या प्रकरणको अनुसन्धानका लागि दबाब दिन अभिनेत्री सुष्मा श्रेष्ठ, सारुकले अन्तिमपटक काम गरेको फिल्म ह्यास ट्याग मायाकी सहायक निर्देशक शान्ति तामाङलगायतले पनि जस्टिस फर सारुक भन्दै टिकटक लाइभमा अभियान सञ्चालन गर्दै आएका छन्। त्यसैगरी नेपाल चलचित्र कलाकार संघले पनि घटनाको निष्पक्ष अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको छ।

प्रतिक्रिया दिनुहोस्