तीजलाई नाच घुमेर



तीज पर्वको अवसरमा राजधानीमा हालै आयोजित एक समारोहका बीच नारीहरूलाई नचाउने तीज गीत नाच घुमेर, नहेर उमेर सार्वजनिक गरिएको छ।

मदन थापाको शब्द रचना र विपिन घिमिरेको संगीतमा विमला सिंह थापाको प्रस्तुतिस्वरूप गायक गायिका विपिन घिमिरे, कुमार केसी, शिला विष्ट र सुजाता केसीको स्वरमा गीत सार्वजनिक गरिएको हो। गीत सञ्जय श्रीपालले एरेन्ज गरेका हुन्।

भागिरथ गाहाले निर्देशन गरेको गीतको भिडियोमा नारायणी खत्री, अनिता गिरी, मदन थापा र पुष्कर पन्तले अभिनय गरेका छन्। गीत भिडियोसहित प्रारम्भ टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्