करण र मिरुनाको पिरतीको मुस्कान



द भ्वाइस अफ नेपाल सिजन ४ विजेता गायक करण राई र अभिनेत्री मिरुना मगर फिचर्ड पिरतीको मुस्कान बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।

लीला सेलिङ माबोको शब्द रचना तथा देवेश राईको संगीत, एरेञ्ज र मिक्सिङ रहेको गीतमा करणको स्वर रहेको छ। गीत करण राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा कवि तथा फिल्म निर्देशक उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए। गीतको भिडियोका निर्देशक शान थापाले करणको अभिनयमा निखार आएको चर्चा गरे।

फिल्मी शैलीमा तयार पारिएको भिडियोमा करण र मिरुनाको जोडी जमेको छ। भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्