ज्याकलिनलाई अदालतबाट राहत



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले पछिल्लो समय कानुनी झमेलाबाट केही राहत पाएकी छिन्।

भारतीय नागरिक सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड भारतीय रुपियाँ अपचलनको मुद्दामा जोडिएकी ज्याकलिनले भारतको पटियाला हाउस अदालतबाट राहत पाएकी हुन्। यसभन्दा अघि अदालतको आदेश लिएर मात्र विदेश भ्रमणमा जाने नियम रहेकोमा अब भने ज्याकलिन अदालतको पूर्व अनुमतिविनै विदेश जानसक्ने भएकी छिन्।

भारतीय सञ्चार माध्यमले अदालतलाई उदधृत गर्दै जनाएअनुसार अब ज्याकलिनले विदेश भ्रमणका लागि अदालतको अनुमति लिइरहनुपर्ने छैन। भ्रमणको तीन दिनअघि भने अदालत तथा प्रर्वतन निर्देशनालयलाई खबर गर्नुपर्नेछ। अदालतले कलाकारको लागि विदेश जाँदैपिच्छे अनुमति लिइराख्नु झन्झटिलो भएको र यसले कलाकारको जीविकामा पनि असर गर्ने भन्दै यस्तो पैmसला गरेको भारतीय भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।

करिब एक वर्षअघि अदालतले ज्याकलिनलाई जमानत दिँदै विदेश भ्रमणमा जानका लागि भने अदालतको अनुमति लिनुपर्ने शर्त राखेको थियो। सुकेशसँग भारतीय रुपियाँ अपचलनको मुद्दामा मुछिएपछि प्रवर्तन निर्देशनलयले ज्याकलिनलाई पनि एक अभियुक्त बनाएर आरोपपत्र दायर गरेको थियो। ज्याकलिन माथि करिब सात करोड बराबरको उपहार तथा रकम लिएको आरोप प्रमाणित भएपछि उनीमाथि अदालतले निगरानी बढाएको थियो। अदालतको पछिल्लो पैmसलाले भने उनलाई राहत महशुस भएको समाचारमा चर्चा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्