उमित धनलक्ष्मी स्क्वासको सेमीफाइनलमा



काठमाडौं । उमित शाक्य पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको अन्तिम क्वाटरफाइनलमा उमिले राजेन्द्र शाक्यलाई ११–५, ११–८, ११–८ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । उक्त नतिजापछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका राजेन्द्र क्वाटरफाइनलमै सीमित भए ।

राजेन्द्रले एसियाली खेलकुदका पछिल्लो संस्करण जाकार्ता एसियाडमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले गत वर्ष पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदपछि सन्न्यासको घोषणा गरेका थिए ।

प्रतियोगितामा पुरुष एकलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । एक दिनअघि गत विजेता अरहन्त केशर सिम्हा, दिपक थापा र अमिर ब्लोन अन्तिम चारमा पुगेका थिए । उपाधि भिडन्तमा पुग्न बिहिबार अरहन्तले उमित र अमिरले दीपकको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्